२१ आश्विन २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

कांग्रेस केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा मीनबहादुर भाम

चलचित्र ‘बाँसुल्ली’ निर्देशक मीनबहादुर भामले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा नाम दर्ता गराउन जाने तयारीमा छन्।

उनी निर्देशित चलचित्र ‘शाम्बाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको प्रमुख प्रतिस्पर्धामा पर्ने पहिलो नेपाली फिल्म हो। उनले ‘शाम्बाला’सँगै ‘कालो पोथी’ र ‘बाँसुल्ली’ निर्देशन गरेका छन्। मीनले यसअघि कांग्रेसको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागमा केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका छन्। दिउँसो २ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताका लागि समय दिएको छ।  

मुगुबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि निर्देशक भामले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) को समिति र विभिन्न इकाईमा रहेर पनि काम गरेका छन्। भामले २०५४ देखि २०५६ सम्म नेविसंघ मुगुको सचिव भएर काम गरेका थिए।

प्रकाशित: २० आश्विन २०८३ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App