१९ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

प्रकृतिले हरदम हरपल गाओस् ‘बडादसैं’

मुक्तक

१) मुक्तक

सद्भाव र उमङ्ग लिई आउनुपर्छ बडादशैँ

मालश्रीको धुन मिठो गाउनुपर्छ बडादशैँ

रातो टिका जमरा आशीर्वाद बोकी हरदम,

नेपालीको मनमुटुमा छाउनुपर्छ बडादशैँ।

२) मुक्तक

परदेशी नि फर्की आउन दशैँ आउँदाखेरि

श्रमिकहरूले छुट्टी पाउन दशैँ आउँदाखेरि

रातो टीका जमरा र आशीर्वाद थाप्दै,

चाडपर्वकै गीत गाउन दशैँ आउँदाखेरि।

३) मुक्तक

सत्यमाथि असत्यको जित हो यो बडादशैँ

आदरसत्कार जनाउने रित हो यो बडादशैँ

भाइचारा र सद्भाव सम्मान आशीर्वाद लिई,

आफ्नाहरू बीच साट्ने प्रित हो यो बडादशैँ।

४) मुक्तक

दुःखीगरिब सबका घरमा आओस् बडादशैँ

रोटेपिङ  र लिङ्गेपिङमा छाओस् बडादशैँ

सबलाई आशीर्वाद दिउन माता भवानीले,

प्रकृतिले हरदम हरपल गाओस् बडादशैँ।

५) मुक्तक

आफन्तजन मिलनको उत्सव बनोस् दशैँ पर्व

एकता अनि भाइचाराको भव बनोस् दशैँ पर्व

माता दुर्गा भवानीको बर्सिरहोस् कृपासधैँ,

आशीर्वाद र उत्साहको गौरव बनोस् दशैँ पर्व।

प्रकाशित: १६ आश्विन २०८२ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App