१ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

स्रष्टा काफ्लेले ल्याए ‘अन्तर्बोध’

अक्षरमार्गले स्रष्टा भीमप्रसाद काफ्लेको अन्तर्बोध (नवदर्शन) प्रकाशनमा ल्याएको छ।  

एक सूर्य अनेक आलोक,  नारीः ओझेलभित्रकी आधा आकाश,  घामका उपासक सूर्यप्रसाद लाकोजू जस्ता कृतिका सर्जक काफ्लेको अन्तर्बोध (नवदर्शन)  पुस्तकमा समाजबाट टाढिँदै गएको नैतिकता,  आदर्शका नाममा धन कमाउने प्रवृत्तिमा लिप्त आजको धर्मः  वर्गीय, जातीय, लिङ्गीय  विभेदको जाँतोमा पिँधिएको समाजः  स्वार्थ, अहंकार र प्रतिशोधका कारण दिशाविहीन बन्दैगएको राजनीति; मानव समाजमै रोइरहेको मानवताः साहित्यमा यान्त्रिकीकरणले बढ्दै गएको सङ्कुचन; धर्म र विज्ञानको परस्पर विरोधी सम्बन्ध आदिका साथै  मानव जीवनसम्बद्ध अन्य विविध सन्दर्भ यस पुस्तकमा समेटिएका छन्। मानवकृत अनेक समस्याबाट सिर्जित जटिलता र सोको सहजीकरण सम्बन्धमा लेखिएको अन्तर्बोध (नवदर्शन)  पुस्तक पठनीय छ।  

प्रकाशित: २० जेष्ठ २०८३ ०९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App