१२ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘सीताराम दाइ’को लोकार्पण

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहबीच नरेन्द्रराज प्रसाईकाे ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गरेकाे छ। त्यस अवसरमा उनले ‘सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट एकै व्यक्तिमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ’ भने।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त अवसरमा प्राडा भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ नामक लामो निबन्ध कृतिको बृहत् समीक्षा गरेका थिए। ‘सीताराम दाइ’ नइ एकेडेमीको १९४ औं र नरेन्द्रराज प्रसाईको ९५ औं कृति हो।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले नव कृतिबारे मन्तव्य प्रकट गरेका थिए। वानीरा फाउन्डेसनकी भगवती बस्नेतले कार्यक्रमकाे संयोजक गरेकी थिइन्।

त्रिमूर्तिमा भगवती बस्नेत कोषाध्यक्ष

त्रिमूर्ति निकेतनले भगवती बस्नेतलाई कोषाध्यक्ष पदमा चयन गरेको छ। यसअघि उनी निकेतनको सदस्य थिइन्।

त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईकाे अनुसार  त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न साधारणसभाले बस्नेतलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

प्रकाशित: १२ आश्विन २०८३ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App