२८ वैशाख २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

कवयित्री नानुमैया दाहालले जितिन् प्रथम पुस्कार

मिलन सांस्कृतिक तथा बहुउद्देश्य संस्था विराटनगरले बृहत बहुभाषिक कविता वाचन प्रतियोगिता गरेकाे छ।

जनता माध्यमिक विद्यालयमा मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

समालोचक भवानीप्रसाद पोखरेल, पर्यटन व्यवसायी सरोज पौडेल तथा दशरथ साह विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। त्यस्तै कार्यक्रममा साहित्यकार भूपाल अधिकारी, केशव रिजाल, पत्रकार सविना श्रेष्ठ तथा धनश्याम पोखरेल लगायतको उपस्थिति थियो।

साहित्यकार ऋषि तिवारीकाे अनुसार विद्यालयतर्फ अर्नव झा, विजय सहनी, सिद्धार्थ ढकाल, मेरिना अधिकारी, सुदिक्षा सुवेदी, उपस्ना राजवंशी, जेनी पोखरेल, संगीता खतिवडा, सृष्टि सिंह, रक्षा धमला, प्रसिद्धि खड्का, दिव्यात्मा कोइराला, दृष्टि पराजुली तथा स्रविणी यादवले सहभागिता जनाएका थिए।

विद्यालयतर्फको प्रतियोगितामा जनपथ मावि संगीता खतिवडा प्रथम, बुढानीलकण्ठ बोर्डिङ स्कुल रक्षा धमला द्वितीय र बुढानीलकण्ठ बोर्डिङ स्कुल दिव्यात्मा कोइराला तृतीय भएका थिए।

त्यसैगरी खुल्ला कविताकाे प्रतिस्पर्धामा नानुमैया दाहाल सुवेदी प्रथम, द्वितीय पुष्पा सायरा र डोमी कामत तृतीय भएका थिए।

साहित्यकार शिवनारायण पण्डित सिङ्गलकाे संयाेजकमा निर्णायक मण्डल रहेका थिए। सुशिला प्रसाई दंगालले सञ्चालन गरेकाे कार्यक्रममा गोदावरी सेकेन्डरी स्कूल, आदर्श मावि, एजेलिया सेकेन्डरी स्कूल, बुढानीलकण्ठ स्कूल लगायत विभिन्न विद्यालयको सहभागिताले कार्यक्रम थप उत्साहपूर्ण बनेको आयोजकले जनाएको छ।

मिलन सांस्कृतिक तथा बहुउद्देश्य संस्थाका अंशुकुमार गुप्ताको संयोजकमा कार्यक्रम भएकाे हाे। कार्यक्रममा सल्लाहकार दशरथ साहले शब्दमार्फत उपस्थिजनलाई स्वागत गरेका थिए।

आयोजक संस्थाले कार्यक्रममा सहयाेग गर्ने केशव रिजाल, सन्तोष भगत, बर्मा हार्डवेयर परिवार, राज ज्वेलर्सका राज शाह, चन्द्र शिव राइस मिल परिवार, ऋषि तिवारी, सुरेश अग्रवाल डा. प्रणव किशोर र अवजितनाथप्रति आभार व्यक्त गरेका थिए। 

प्रकाशित: २८ वैशाख २०८३ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App