२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

काजीको प्रेम कथालाई अन्त्य गर्ने उद्देश्यले तयार गरिएको 'कबड्डी ५'

रामबाबु गुरुङको निर्देशमा तयार भएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ दशैंको अवसर ताकेर प्रदर्शनमा आउने भएको छ।

उक्त चलचित्रलाई लिएर दर्शकमाझ प्रश्न उठिरहेको छ, फेरि यो ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ के हो त? किनकि यसअघि नै २०७९ मा प्रदर्शनमा आएको ‘कबड्डी ४ः द फाइनल म्याच’ यसको अन्त्य मानिएको थियो। यसले बक्स अफिसमा राम्रो कलेक्सन पनि गरेको थियो। यसलाई नै दर्शकले यो चलचित्रको अन्तिम श्रृंखला मानिसकेका थिए, किनकि यसको नामले पनि दर्शकलाई यही कुरा संकेत दिएको थियो। तर अब भने त्यही पृष्टभुमि तथा केही नयाँ पात्रलाई लिएर कबड्डीका टिमले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ लिएर दर्शकमाझ आएका छन्।

यसलाई यो चलचित्रको निर्देशकले कबड्डीका पहिल्ला श्रृंखलाका पात्र काजीको प्रेम जीवनलाई लिएर आइरहेको कथालाई यस चलचित्र मार्फत अन्त्य गर्ने उल्लेख गरेका छन्।

'यसको अर्थ हामीले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ मा अब काजीको विवाह हेर्न पाउने छौँ,' गुरुङले भने, 'काजीको प्रेम, विवाह भन्दा माथिको व्यावहारिक पाटोलाई पनि हेरौँ न त भन्ने हिसाबले यसको निर्माण गरिएको हो।'

यसमा विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङदेल, माओत्से गुरुङ, कमलमणी नेपाल, विष्णु मोक्तान लगायतको अभिनय छ। निर्मातामा रामबाबुसहित मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ रहेका छन् भने कार्यकारी निर्मातामा सागर राज छन्।

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ लाई सेभेन सिज इन्टरनेसनलले विश्वव्यापी वितरण गर्दैछ। चलचित्र भने कार्तिक ६ देखि प्रदर्शनमा आउने भएको छ।

प्रकाशित: १९ आश्विन २०८३ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App