१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

‘कबड्डी ५’ ले तीन दिनमा पाँच करोड बढी कमायो

दसैँको बिदा पारेर चार वटा नयाँ नेपाली चलचित्रहरुको सिक्वेल प्रदर्शनमा आयो। तर बक्स अफिसमा भने ‘कबड्डी ५’ को तीन दिनको कलेक्सनले दसैँ ल्याएको छ।

कार्तिक ६ गतेदेखि प्रदर्शनमा आएको बाबुराम गुरुङको निर्माण तथा लेखनमा तयार चलचित्र ‘कबड्डीः ५ आफ्टर द फाइलन म्याच’ ले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँको कलेक्सन गरेको छ। यो विवरण निर्माण पक्षले सार्वजनिक गरेको हो। जहाँ असोज ३०, ३१ देखि नै प्रदर्शनमा आएका चलचित्रले समेत एक हप्तामा पाँच करोड कटाउन सकेको छैन। ‘कबड्डी ५’ देशैभर ३ सय भन्दा बढी शो पाएको निर्माण टिमले जनाएको छ।  

यसैबीच सिनेमाका कलाकार, निर्देशक तथा निर्माताहरू देशैभर छरिएर हल भिजिटमा दर्शक साक्षात्कार गरिरहेका छन्। यसमा छन्दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।

प्रकाशित: १० कार्तिक २०८३ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App