२ भाद्र २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

जोनी डेप ‘पाइरेट्स अफ द क्यारिबियन ६’ मा फर्किने!

हलीउड चलचित्र ‘पाइरेट्स अफ द क्यारिबियन’ का प्रशंसकहरूका लागि खुसीको खबर आएको छ। चर्चित चलचित्र फ्रेन्चाइजीको छैटौँ भाग निर्माण गर्ने तयारी भइरहेको छ। चलचित्रका निर्माता जेरी ब्रुकहाइमरले यसबारे महत्वपूर्ण जानकारी दिएका छन्।

हालै एक कार्यक्रममा चलचित्रका निर्माता जेरी ब्रुकहाइमरसँग आगामी भागबारे प्रश्न गरिएको थियो। त्यस क्रममा उनले जोनी डेपसँग कुराकानी भइरहेको र चलचित्रको पटकथामा पनि काम भइरहेको बताएका छन्।

ब्रुकहाइमरको यो भनाइले ‘पाइरेट्स अफ द क्यारिबियन’ का प्रशंसकहरूमा उत्साह थपेको छ। त्यसैगरि चलचित्रको नयाँ भाग निर्माणतर्फ अघि बढिरहेको संकेत दिएको छ।

चलचित्रसँग सम्बन्धित आन्तरिक स्रोतहरूका अनुसार छैटौँ भागमा मार्गोट रोबीले निभाउने पात्रलाई मुख्य केन्द्रमा राखिने सम्भावना छ। त्यस्तै, जोनी डेप सहायक भूमिकामा ज्याक स्प्यारोको रूपमा फर्किन सक्ने चर्चा छ।

यद्यपि, निर्माताहरूले अहिलेसम्म यो जानकारी आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

‘पाइरेट्स अफ द क्यारिबियनः द कर्स अफ द ब्ल्याक पर्ल’ सन् २००३ मा रिलिज भएको थियो। चलचित्रमा जोनी डेपले चर्चित पात्र क्याप्टेन ज्याक स्प्यारोको भूमिका निभाएका थिए। चलचित्रको निर्देशन गोअर भर्बिन्स्कीले गरे यसले विश्वभर करिब ६.२५२.९२ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।  

प्रकाशित: २ भाद्र २०८३ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App