२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

कवि वैरागी काइँलालाई ‘अन्तर्राष्ट्रिय जीवन गौरव सम्मान’

स्वीकारोक्ति फाउण्डेसनले नेपाली साहित्य तथा मुन्धुम संस्कृतिविद् वरिष्ठ कवि एवं विशिष्ट साहित्यसाधक वैरागी काइँलालाई भोलि प्रज्ञाभवनमा नगद राशि रु. ६०००००/ ( अक्ष्ररेपी रु. छ लाख ) सहित विशेष सम्मान गरिने कार्यक्रम रहेको छ।  

मान्छेले बिताएको अतित, वर्तमान परिवेश र पर्यावरण अनि अब आउने विश्वजगतको समेत अवलोकन र आलोकमा निसृत नवीन दार्शनिक चिन्तनको शङ्खघोष हो स्वीकारोक्ति दर्शन।

वर्तमान विश्वमा भर्खरै उदाएको स्वीकारोक्ति दर्शनले जीवन र जगतलाई हेर्ने र फेर्ने नवीन चिन्तन, चेतना र चैतन्यको सम्बोधन र उदबोधन गरेको छ। यो नवीन दर्शनलाई विश्वव्यापी अभियानस्वरूप अगाडि बढाउने काम गरिरहेको विश्वव्यापी संस्थाको नाम हो 'स्वीकारोक्ति फाउण्डेसन'।

यही संस्थाले नेपालका वरिष्ठ कवि, अन्वेषक, चिन्तक एवम् नेपाली कविता फाँटका शिखरपुरुष, नेपाली साहित्य आकाशका उज्याला नक्षत्र वैरागी काइँलालाई नगद राशिसहित सम्मान गर्न लागेको हो। उहाँलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय जीवन गौरव सम्मान (Life Achievement Award) समर्पण गरिनेछ।

संस्थाका अध्यक्ष डेन्जोम साम्पाङ (अमेरिका)को सभापतित्वमा हुने सो कार्यक्रमको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठी रहने साहित्यक पत्रकार संघकाे अध्यक्ष राधेश्याम लेकालीले जनाएकाे छ।

प्रकाशित: ८ श्रावण २०८३ १२:४३ शुक्रबार