२३ वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

बिहानीको किरणमा

गीत

बिहानीको किरणमा, शीतको थोपा टल्किएझैँ

तर्किएर हिँड्छ्यौ किन, पानीमा तेल तर्किएझैँ

तिमीतिरै हेरिरहन्छ, मेरो नजर सधैंसधैं

सूर्यमुखी फूल सधैं, घामतिर फर्किएझैँ।

 

वरिपरि तोरीबारी, फूल लागे फुल्नलाई

फूलै फूलको रसमा, मौरी लागे झुल्नलाई

रहरहरू पग्लिएछन्, हिमालबाट हिऊ पग्लिएझैँ

सूर्यमुखी फूल सधैं, घामतिर फर्किएझैँ।

उखु बाङ्गो भए पनि, रस भने गुलियो नै

माया गर्दै रुवाए पनि, आँसु भने नुनिलो नै

मनका पीडा बगी गए, आकाशबाट झरीझैँ

सूर्यमुखी फूल सधैं, घामतिर फर्किएझैँ।

प्रकाशित: २१ वैशाख २०८३ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App