२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘आ बाट आमा २’ मा जोडिन मलाई ठुलो रहर थियोः ऊषा उप्रेती

<br>

चलचित्र ‘आ बाट आमा’ बाट डेब्यु गरेकी अभिनेत्री ऊषा उप्रेतीले उक्त चलचित्रको सिक्वेलमा आफूलाई पनि यसमा जोडिन ठुलो रहर रहेको इक्छा व्यक्त गरेकी छन्।  

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ को सिक्वेलको धमाधम छायांकन भइरहेको छ। ऊषाले आ बाट आमा र आ बाट आमा को सिक्वेलको छायांकन सेटको तस्विर सामाजिक सञ्जालमा राखी लामो स्टाटस् सार्वजनिक गर्दै लेखेकी छन्–‘आ बाट आमा २' मा पनि जोडिएर काम गर्ने मेरो ठुलो इच्छा र प्रयास थियो।’

तर आफू अन्य प्रोजेक्टमा व्यस्त भएका कारण समय नदिन सकेको भन्दै उनले थपिन्–‘ तर, कहिलेकाहीँ इच्छा हुँदाहुँदै पनि समय र परिस्थितिले साथ नदिँदो रहेछ। ठ्याक्कै यही समयमा मेरा अन्य केही पूर्व(प्रतिबद्धता (अन्य प्रोजेक्टहरू) परेका कारण समय व्यवस्थापन गर्न सकिनँ र यसपटक चलचित्रको हिस्सा बन्न पाइनँ’।

साथैँ भविष्यमा उतm टिमसँग काम गर्ने अवसर मिल्ने उनले अपेक्षा राखेकी छन्।  

प्रकाशित: २० जेष्ठ २०८३ १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App