२५ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

मैले भनेकै थिएँ - इतिहास ढले देश ढल्छ!

गजल

​मैले भनेकै थिएँ - इतिहास ढले देश ढल्छ,

लिपिका पानापाना जलाउँदा भेष ढल्छ।

देशको अस्तित्व लिपि र इतिहासले समेट्छ,

लिपि र इतिहास बचेन भने अवशेष ढल्छ।

आधुनिकीकरणको अर्थ वैज्ञानिक पद्धति हो,

आफ्नै परम्परा सुधार्नुपर्छ नसके निमेष ढल्छ।

मार्क्सवाद भन्छ, ‘आधुनिकीकरण गर्नुहोस्,  

पश्चिमीकरण बुझ्यौ भने सबै परिवेश ढल्छ।’

​पुर्खाले कतै न कतै गल्ती गरे अपराध गरेनन्,

खराब थिएनन् खराब माने मनका क्लेष ढल्छ। 

प्रकाशित: २५ चैत्र २०८२ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App