प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै जिराफ, उँट र हात्ती फाइनल राउन्डमा पुगे।
निर्णयकर्ताहरूले ती तीन जन्तुलाई पालैपालो एक वाक्यमा आआफ्नो विशेषताबारे बोल्न लगाए।
पहिलो पालो परेको जिराफले गर्दन तन्काउँदै भन्यो, "मेरो सुन्दर शरीर कलात्मक बुट्टाले सजिएको छ।"
दोस्राे प्रतिस्पर्धी, उँटले जुरो हल्लाउँदै भन्यो, " म मरुभूमिको जहाज हुँ।"
अन्तिममा हात्तीले सुँड उचाल्दै गर्वका साथ भन्यो, "मेरा दाह्रा बहुमूल्य छन्।"
निर्णायक मण्डललाई निर्णय गर्न हम्मे पर्यो। नतीजा घोषणा स्थगित गरियो। फुर्सदिला भएका ती जन्तुहरू वनमा विचरण गर्न थाले।
खजुर, नरिवल र मसलाको रुखहरूको फेदमा पुगेका ती जन्तुहरू सिँयालमुनि आआफ्नो छायाँ खोज्न थाले।
- नर पल्लव
प्रकाशित: २५ आश्विन २०८३ ०९:१० आइतबार



-600x400.jpg)

