६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

दाङमा गुञ्जियाे गजल

राप्ती साहित्य परिषद्,दाङले ८६औँ एकल रचना वाचनमा गजलकार एकनारायण चापागाईं प्रस्तुत गरेकाे छ।

घोराहीस्थित नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रममा गजलकार एकनारायण चापागाईंले गजलहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा लयबद्ध रूपमा वाचन गरिएका मीठा गजलहरूबाट दर्शक तथा श्रोताहरू मन्त्रमुग्ध भएका थिए।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता, भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरी प्रमुख आतिथ्य र पुरुषोत्तम खनालकाे विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे हाे।

हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ ले वाचित गजलहरूको समीक्षात्मक टिप्पणी गरेका थिए। परिषद्का उपाध्यक्ष सुरेशकुमार पान्डेयले शब्दबाट उपस्थित जनकाे स्वागत गरेका थिए।

संस्थाका सचिव घनश्याम केसीले सहजीकरण गरेकाे उक्त कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, नेपाल संस्कृत विश्वविद्यालयका सांस्कृतिक विभाग प्रमुख डा. टीकाराम उदासी, परिषद्का वरिष्ठ उपाध्यक्ष दीपक  शर्मा ‘समीर’, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, परिषद्का केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, प्रदेश दाङका सचिव पुरन शर्मा, गणेश खड्का, पत्रकार गोविन्द खड्का, शारद गौतमकाे उपस्थित थियाे।

त्यस्तै नरेशजङ्ग राणा, मधुसूदन गौतम, बीणा रोका क्षेत्री, कपिल किशोर घिमिरे, धनासिंह गिरि, गिरिप्रसाद पन्थी, शरद गौतम, थमन बस्नेत, दामोदर गिरी, माधवप्रसाद न्यौपाने, बसन्ता वली बसन्ती, महेशकुमार न्यौपाने, कुलबहादुर ओली, धनसिङ गिरी, रामप्रसाद जैशी, दामोदर पौडेल, सुशीला आचार्य, एकराज शर्मा, गजेन्द्र बहकरी, देवेन्द्र रिजाल, गोपाल भुसाल, रेखा डाँगी, जनक विक रिमा गौतम र अनुजा शर्मा (संस्कृति) लगायतका उपस्थिति थियो।

प्रकाशित: ६ कार्तिक २०८३ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App