व्यापारिक हिसाबले सफल चलचित्र ‘गौंथली’ ले आफ्नो ५१ औँ दिन पूरा गरेको छ। चलचित्रले ५१ औँ दिन शनिबार पूरा गरेको हो।
शनिबार चलचित्रका निर्माण पक्षले आफ्नो ५१ औँँ दिन पूरा गरेको जनाएको छ। ‘गौंथली’ का निर्माता सुमन गिरीले सामाजिक सन्जालमा दर्शकहरू प्रति आभार व्यक्त गर्दै लेखे, ‘तपाईंहरूको अपार माया, साथ र हौसलाका कारण आज हामी गौरवमय ५१औँ दिनमा आइपुगेका छौँ।’
यहीसँगै ‘गौंथली’ ले नेपालको दोस्रो सर्वाधिक कमाउने चलचित्रको स्थान पाएको छ। कपिल रिजालको निर्देशनमा बनेको यो चलचित्रमा अरुण क्षेत्री तथा सिम्रन खड्काको अभिनय रहेको छ। चलचित्र भने सिनेमाघरमा प्रदर्शनरत छ।
प्रकाशित: २० भाद्र २०८३ ११:४२ शनिबार


-600x400.jpg)


