७ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

भदौ दोस्रो सातादेखि ‘युग’ को छायांकन हुँदै

हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने सिनेमा ‘युग’ को वर्कसप यतिबेला सञ्चालन भइरहेको छ। वर्कसप सम्पन्न भएलगत्तै सिनेमाको छायांकन भदौको दोस्रो सातादेखि सुरु गरिने निर्देशक कोमलनाथ खतिवडाले बताए।

‘युग’ को कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै छ। सिनेमा सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले लगानीमा बन्नेछ।

सामाजिक विषयवस्तुमा आधारित यस सिनेमामा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा लगायत थुप्रै कलाकारको अभिनय रहनेछ।

‘युग’ मार्फत चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। साथै मोडल तथा मिस्टर हेन्डसम नेपाल २०१९ का विजेता अभिषेक खड्काले पनि यही सिनेमाबाट नेपाली सिने क्षेत्रमा अभिनय यात्रा सुरु गर्दै छन्।

निर्माण टिमका अनुसार वर्कसपमार्फत कलाकारहरूको तयारीलाई सकिएपछि सिनेमाको छायांकन तीव्र गतिमा अघि बढाइनेछ।

प्रकाशित: ७ भाद्र २०८३ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App