‘नेपाली वीरताको गाथा’ लघुचलचित्रको नेपाली सेनाको मुख्यालयभित्र रहेको पृथ्वीनारायण पुस्ताकालयबाट छायांकन सुरु भएको छ।
रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना / निर्माण र निर्देशनमा नेपाली सेनाको विशेष सहयोगमा पृथ्वीनारायण शाहले गरेको एकीकरणदेखि सुगौलीसन्धिसम्मको इतिहास चलचित्रको पर्दामा उतारी चलचित्रमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने उद्देश्यका साथ छायांकन थालिएकाे हाे।
विश्वमा हुने विभिन्न महोत्सव, अवार्डका लागि तथा विशेष शैक्षिक सामग्रीका लागि देशको एक जिम्मेवार नागरिक भएकाले त्यो गर्विलो इतिहास चलचित्रमार्फत दस्तावेजीकरण गर्न र आफ्नो क्षेत्रमार्फत राष्ट्रप्रति योगदान पुगोस् भनेर यो लघुचलचित्र निर्माण गर्न लागेको निर्माता / निर्देशक अधिकारीले बताए।
६ महिना अघिदेखि निरन्तर खोजअनुसन्धानकाे साथ स्क्रिप्ट तयार गरी सम्पूर्ण कलाकारलाइ केही समय वर्कसप गराएर छायांकन सुरु गरिएको यो चलचित्र भदौ अन्तिम साता प्रिमियर गरिने भएकाे छ।
अत्याधुनिक भि.एफ.एक्स. समेत प्रयोग गरिने यस चलचित्रको मुख्य भूमिकामा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, रामचन्द्र अधिकारी, रिमेश अधिकारी, विशाल पहारी, पुकार भट्टराई, पुष्कर भट्ट, भावना गुरुङ, स्नेहा जोशी, इशान बिजु श्रेष्ठ, केदार अधिकारी, विनोद सन्जेल, विकास चौलागाईं, फलित राई, ईश्वरवल्लभ उप्रेती, खिन्नबहादुर भन्डारी (भोला), आनन्द घिमिरे, अर्जुन राई, हिक्मत थपलिया, हरेन्द्र ढुंगाना जयप्रकाश पाण्डे, रवि सुवेदी लगायत नेपाली सेनाका कलाकार समेत हुनेछन्।
दिनेश अधिकारी निर्माता र सहनिर्माता मोहन गमाल तथा निर्माण विशेष सहयोग पुष्कर लामा रहने चलचित्रको छायांकन शिव ढकाल भि.एफ.एक्स. समीर मिया / सत्यम राना कलर जुनिम गहतराज संगीत तथा पार्श्व संगीत एलिस कार्की गीतकार गौरव गुरुङ, मेकअप मदन न्यौपाने, आर्ट निर्देशक कृष्ण राई, सहनिर्देशक घनेन्द्र थपलिया (विराज) मुख्य सहनिर्देशन रामजी राउत लेखक किशन थापा ‘अधिर’, सम्पादन लोकहरि गेलाल, टेक्निकल निर्देशन मधुसूदन भट्टराई र परिकल्पना / निर्माण र निर्देशन रिमेश अधिकारी रहने छ।
यस लघुचलचित्र पृथ्वीनारायण शाहले एकीकरण थालेदेखि सुगौली सन्धिसम्मका सबै घटना समावेश हुने भएकाले सबै इतिहास प्रष्ट बुझिने छ भने नेपालभरका स्कुल कलेजमा समेत देखाइने भएकाले विद्यार्थीहरूका लागि त झनै उपयोगी हुने छ।
प्रकाशित: २५ श्रावण २०८३ ११:२४ सोमबार





