१८ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

हरर जनराको ‘भिडियोटेप’ को छायांकन पुरा

निर्देशक ओविद उद्दिनको निर्देशनमा रहेको हरर जनरामा आधारित चलचित्र ‘भिडियोटेप’ को छायांकन ३१ दिनमा सकिएको छ। यसको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङबाट सुरु गरिएको थियो। त्यसपछि काठमाडौंमा तीन रातसमेत छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।

‘भिडियोटेप’ मा उपासना सिंह ठकुरी र कुन्दुनमान शाक्य मुख्य भूमिकामा छन्। सहायक कलाकारमा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायत कलाकारको अभिनय रहेको छ ।

एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रको वशिष्ठ प्रधानले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने प्रदर्शन मिति तय भइसकेको छैन।

प्रकाशित: १८ आश्विन २०८३ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App