राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ आयोजना गरिएको ‘डीएसए स्टार सिजन–२०’ को फिनालेमा विभिन्न विधामा बालप्रतिभाहरूले उपाधि जितेका छन्।
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा भएको प्रतियोगिताको ‘मिनी डान्सिङ स्टार’ तर्फ इभा न्यौपाने विजेता बनिन्। स्वर्ण महर्जन फस्ट रनरअप, प्रिसा डंगोल सेकेण्ड रनरअप र रुही कनौया थर्ड रनरअप भए।
त्यस्तै, ‘जुनियर डान्सिङ स्टार’को उपाधि दिक्षा खड्काले जितिन्। कृषा श्रेष्ठ फस्ट रनरअप, एलिज्ना प्याकुरेल सेकेण्ड रनरअप, सराया मल्ल थर्ड रनरअप, इथन महर्जन फोर्थ रनरअप, हेजल श्रेष्ठ फिफ्थ रनरअप, बिबिशा महर्जन सिक्स्थ रनरअप, परिश्री रिजाल सेभेन्थ रनरअप र मायिरा बानियाँ एइठ्थ रनरअप बने।
‘प्री–टिन डान्सिङ स्टार’तर्फ सान्सा नेपालले शीर्ष उपाधि चुमिन्। सुभेक्षा दानी फस्ट रनरअप, समीक्षा रायमाझी सेकेण्ड रनरअप, निभा कायस्थ थर्ड रनरअप, प्रिन्जला खाती फोर्थ रनरअप, यरिका गुरुङ फिफ्थ रनरअप, फराह खान सिक्स्थ रनरअप, माहिरा पाण्डे सेभेन्थ रनरअप, रितु तामाङ एइठ्थ रनरअप र आर्मित्मा गाहा मगर नाइन्थ रनरअप घोषित भए।
यसैगरी, ‘सिङ्गिङ स्टार’तर्फ अमृता सुनवार विजेता बनिन्। सुनाक्षी दियाली फस्ट रनरअप, अभिषेक श्रेष्ठ सेकेण्ड रनरअप, श्रेयन थापा थर्ड रनरअप र प्रसन्न श्रेष्ठ फोर्थ रनरअप भए।
‘डीएसए एक्टिङ स्टार’तर्फ साइमन महर्जनले उपाधि जिते। निर्विघ्न घिमिरे फस्ट रनरअप, म्याक्स थापा सेकेण्ड रनरअप र डाइलन श्रेष्ठ थर्ड रनरअप घोषित भए।
एक महिनाको प्रशिक्षणपछि फिनाले
आयोजकका अनुसार प्रतियोगितामा सहभागी ८५ जना बालबालिकालाई काठमाडौंको बालाजुस्थित समृद्धि स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षणपछि उनीहरूले फिनालेमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
नेपाल प्रहरीका एआइजी डम्बरबहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा पतञ्जली आयुर्वेद नेपालका व्यवस्थापक प्रतिनिधि, युवा समाजसेवी, कवि तथा लेखक युवराज सुवेदी, सशस्त्र प्रहरीका पूर्वडीआइजी कृष्णभक्त ब्रह्माचार्य, गायिका मनीषा पोखरेल तथा निर्देशक एवं कोरियोग्राफर मौसम हिमाली निर्णायक थिए।
प्रतियोगितामा हर्लिस नेपाल प्रमुख प्रायोजक तथा चोको फन क्रस सहयोगी रहेको आयोजकले जनाएको छ।
विजेतालाई अन्तर्राष्ट्रिय मञ्चको अवसर
परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोनिया जीआरका अनुसार प्रतियोगिताका विजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
हाउसका निर्देशक राज बराइलीले बालबालिकाभित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सहज वातावरण सिर्जना गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
बालप्रतिभाको पहिचान, प्रशिक्षण र अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्राको ढोका खोल्ने उद्देश्यसहित आयोजना गरिएको ‘डीएसए स्टार सिजन–२०’ले नयाँ पुस्ताका प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिएको आयोजकको भनाइ छ।
प्रकाशित: २० भाद्र २०८३ १७:३४ शनिबार



-600x400.jpg)
-600x400.jpg)
