१) मुक्तक
यदि जन्म केही वर्ष लेट हुन्थ्यो भने
दिन दिनै तिमीसँग भेट हुन्थ्यो भने
यहीँ जुनीमा तिमी मेरै हुन्थ्यो प्रिया,
अहिले जस्तो सुलभ नेट हुन्थ्यो भने।
२) मुक्तक
न हग गरियो न प्रपोज हानियो
न किस दिइयो न रोज तानियो
लगनपछिको सिन्दुरपोते भनेझैं,
भ्यालेन्टाइन डे त भर्खर जानियो।
३) मुक्तक
विश्वास गुम्न कुनै बेर लाग्दैन
समय पनि त्यत्ति धेर लाग्दैन
तिमी आउँछ्यौ भन्ने लागेपछि,
मध्यरात पनि खासै अबेर लाग्दैन।
४) मुक्तक
ढिँडोच्याख्ला जे पाक्दा नि भोजझैं लाग्यो भने
सुकेको गुन्द्रुक पनि फक्रेको रोजझैं लाग्यो भने
रमाउन जानुपर्छ पार्कतिर न धाउनुपर्छ बारतिर,
रिसाउँदै बोलाएको पनि प्रपोजझैं लाग्यो भने।
५) मुक्तक
टहटह जून, चिसो सिरेटो अद्भूत त्यो रात थियो
तिमी र तिम्रो प्रेमिल अँगालोको मात्र साथ थियो
थिएन फेसबुक, टिकटक, मोबाइल फोन अहिलेजस्तो,
तारा गन्दैगन्दै रात कटाउने मीठामीठा बात थियो।
प्रकाशित: २ फाल्गुन २०८२ ०९:४६ शनिबार


-600x400.jpg)


