२१ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

आपत्-विपत्, सङ्कट र प्रकोप सबैलाई पर्छ

गीत

आपत् विपत् सङ्कट प्रकोप सबैलाई पर्छ

धैर्य साहस एकताले नै आखिरमा त्यो टर्छ

परोपकार-परोपकार

असहाय पीडितको गरौं उद्दार।

 

बाढी पहिरो भूकम्प हो प्रकृतिको खेल

कठै केके झेल्नुपर्छ यहाँ बा‌ँचुञ्जेल

मिलीजुली एकअर्कालाई निस्वार्थ सहयोग गरौं

दीनदुःखीलाई गा‍ँस बास कपास जुटाउन अघि सरौं

आपत् विपत् सङ्कट प्रकोप...!

आउ‍ँछ जान्छ समस्या अनेकौं बाधा-व्यवधान

सरसहयोगले फुक्छ गा‍ँठो मिल्छ पूर्ण समाधान

उस्तै नै हो हरमानिसको जिजीविषा मर्म

बा‍ँच्नु र बचाउनु हो ठूलो मानवीय परम् धर्म

आपत् विपत् सङ्कट प्रकोप...!

प्रकाशित: २१ भाद्र २०८३ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App