१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘गौँथली’ ले पायो ‘वेस्ट फरेन सिनेमा’ अवार्ड

‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ। 

फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले बुधबार सो अवार्ड जित्न सफल भएको हो। 

फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भन्ने गरिन्छ।  

अवार्ड प्राप्त गरेपछि ‘गौँथली’ का निर्देशक डा कपिल रिजालले  सामाजिक सन्जालमा आफ्ना अनुभव साझा गरेका छन्।  ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताए। 

पच्चीस वर्षअघि आफ्ना बुबा डा भोला रिजालले निर्माण गरेका गीति चलचित्र ‘गौँथली’को भाव, माया र विरासतलाई आत्मसात् गर्दै आफूले नयाँ पुस्तासम्म नयाँ ढङ्गले पुर्‍याउने एउटा सानो प्रयास मात्र गरेको उनको भनाइ छ।  

चलचित्रका निर्माता सुमन गिरीले नेपाली फिल्मको गौरवमय इतिहास बनाएको बताउँदै यो नेपाली चलचित्र र नेपाली माटोको जित भएकाे बताए। 

केही दिन अगाडि मात्र प्रदर्शनको सय दिन मनाइसकेको यस सिनेमाले २६ करोडमाथिको व्यापार गरी यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनेको छ।

‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्।

प्रकाशित: ११ कार्तिक २०८३ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App