२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

धर्मेन्द्रकी छोरी ईशाले भनिन् : मृत्युको खबर गलत, बुबाको अवस्था स्थिर छ

भारतीय अभिनेता धर्मेन्द्र (८९) को निधन भएको खबर चारैतिर आइरहेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले सुरुमा शोक व्यक्त गरे, त्यसपछि ट्विटरमा आफ्नो पोस्ट हटाए। श्वासप्रश्वासमा समस्या देखिएपछि धर्मेन्द्रलाई सोमबार (नोभेम्बर १०) ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

धर्मेन्द्रकी छोरी ईशा देओलले सामाजिक सञ्जालमा एक बयान जारी गर्दै अभिनेताको मृत्युको खबरलाई स्पष्ट रूपमा अस्वीकार गरेकी छिन्। उनले लेखेकी छिन्, 'मिडियाले पूर्णतया गलत समाचार फैलाइरहेको छ। बुबा स्थिर अवस्थामा हुनुहुन्छ र निको भइरहनुभएको छ। हामी सबैलाई हाम्रो परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं। बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद।'

८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनको ७२ घण्टा गम्भीर छ।

देओल परिवार नजिकको स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइसकिएको छ। हिजो राति अस्पताल बाहिर सनी देओल धेरै भावुक देखिएका थिए भने बबी देओल पनि अल्फाको छायांकन सकेर मुम्बई फर्किए र आफ्नो बुबालाई भेटे।

शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल पुगेका थिए।

प्रकाशित: २५ कार्तिक २०८२ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App