२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

नियति र प्रकृतिले दुखीलाई हेप्छ सधैं!

मुक्तक

१) मुक्तक

मानिस न हो गल्ती हुन्छ भरिसक्य चुक्नु हुन्न

दण्ड बरु भोग्नुपर्छ भाग्नु हुन्न लुक्नु हुन्न

एकपटक ऋण खायौ तर सयौं चोटि शिर झुकायौ

नतिर भो ऋण बरु भो त्यसरी झुक्नु हुन्न।

२) मुक्तक

पुस्तौंदेखि तिम्रा घरमा परेका काम सघाएको

आफ्ना लागि आँसु तिम्लाई पसिना हो बगाएको

उब्रेको खाई जडाउरी लाएकोमा हेप्छौ किन

मसानघाटमा जाँदा हेर्नु मैले नयाँ लगाएको।

३) मुक्तक

न बाँस बोक्छ न लास बोक्छ मलामीमा नाम लेख्छ

सामाजिक काम पर्‍यो भने बिरामीमा नाम लेख्छ

समाजसेवी विद्वान् बुज्रुक आफैं मात्र सोच्छ सधैं

आफूलाई दक्षिणा र अरूलाई खाम सोच्छ।

४) मुक्तक

नाके डोरी पुच्छर लगी ट्रकको हुटमा बाँधेको छ

ढुङ्गा दाउरा निर्जीवसरी राँगा भैंसी छाँदेको छ।

धर्म थप्ने विचार हो कि पाप कटनी गरेको हो

टीका चन्दन गेरुवावस्त्र आफ्नै शिरमा लादेको छ।

५) मुक्तक

पानी पर्दा बाढी आउँदा पहिरोमा झुप्रा पर्छन्

हुरी बतास चल्दा चित्रा र खर स्याउलाका छाना झर्छन्

नियति र प्रकृतिले दुखीलाई हेप्छ सधैं

ग्वालाहरू निस्तै खान्छन् किसानहरू भोकै मर्छन्।

प्रकाशित: २३ जेष्ठ २०८३ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App