४ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

दुई छोरीकी आमा बनिन् दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण दोस्रो पटक आमा बनेकी छन्।

शनिबार दीपिका र उनका पति रणवीर सिंहले दोस्रो सन्तानका रूपमा छोरीलाई स्वागत गरेका हुन्।

दोस्रो सन्तानको खबर दीपिकाले सामाजिक सञ्जालमा पोस्टमार्फत दिएकी हुन्। उनले साझा गरेको पोस्टमा नवजात शिशुको खुट्टाको छाप देखाइएको छ। पोस्टमा लेखिएको छ, ‘बेबी गर्ललाई स्वागत छ, १९.९.२०२६।’

यसअघि ८ सेप्टेम्बर २०२४ मा उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन्। दीपिका र रणवीरले आफ्नी पहिलो छोरीको नाम दुआ राखेका छन्।

दीपिकाको यो पोस्टमा प्रशंसक तथा सेलिब्रेटीहरूले उनलाई बधाई दिइरहेका छन्। राधाष्टमीको विशेष दिनमा दीपिकाको घरमा छोरीको जन्म भएकोमा पनि खुसी व्यक्त गरेका छन्।  

प्रकाशित: ४ आश्विन २०८३ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App