अपराधीलाई मृत्युदण्ड दिनुअघि अन्तिमपल्टै आफ्नो इच्छा सोधियाे, ‘भन, तिम्रो अन्तिम इच्छा के छ!’
उसले तुरून्तै आफ्नो इच्छा सुनायो, ‘एकचोटि आमालाई भेट्ने मन छ।’
उनको चाहनाअनुसार आमालाई अगाडि उभ्याइन्। आँखामा आँखा जुझाएर आमाको मुखभरि छोराले थुकिदियो।
छोराले आमालाई लैजान निर्देश गर्याे, ‘मैले मेरो अन्तिम इच्छा पूरा गरें। अब एक सेकेन्ड पनि देख्न चाहन्न म यिनलाई।’
आमालाई गरेको तिरस्कार देखेर उपस्थित सबै तिनछक्क परे र साेध्याे, ‘मानसम्मान दिनुपर्ने ठाउँमा आमालाई सारा दुनियाँ अगडि किन अपमान गरेको?”
केही नबोली ऊ चुपचाप उभिरहे। दोस्रोचोटि सोधियाे, ‘मुखभरिको थुकको उत्तर खोज्न, आफ्नी आमालाई थुक्नुमा केही न केही करण त पक्कै होला नि! भन, आज तिम्रो बोल्न पाउने अन्तिम नै हो। केही समयपछि बोल्न पाउने छैन।’
म सानो छँदा पैसा चोरेर ल्याउँदा मेरो गालामा सुमसुम्याएर त्यो चोरेका मल समान पैसा यिनीले राख्थिन्। म जवान र बलवान् हुँदै गएँ। त्यसपछि झन्-झन् ठुल्ठुलो चोरी अपराधहरू गर्दै गएँ। त्यो दिन चोर्नु अपराध हो। अरूको चोर्नु पाप र नराम्रो कर्म हो है भनेर शिक्षा दिएको भए आज मैले यो सजाय भोग्नुपर्ने थिएन।
प्रकाशित: १७ जेष्ठ २०८३ ०८:२६ आइतबार


-600x400.jpg)


