४ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

स्रष्टा प्राडा उदासीका एकैसाथ दुई कृति लाेकार्पण

साहित्यकार प्राडा टीकाराम उदासीका ‘आमार सोनार बङ्गला’ नियात्रासङ्ग्रह र ‘इतिहासको पुनर्मुद्रण’ कवितासङ्ग्रह लाेकार्पण भएकाे छ।

सर्वोदय पुस्तकालय र बी.एन. पुस्तक भण्डारको संयुक्त आयोजनामा आयोजित उक्त विशेष कार्यक्रममा डा. उदासीको नियात्रासङ्ग्रह ‘आमार सोनार बङ्गला’ र कविता सङ्ग्रह ‘इतिहासको पुनर्मुद्रण’ सार्वजनिक गरिएको हो।

सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्ष तथा भाषा आयोगका पूर्व सदस्य तथा वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

कार्यक्रममा विमोचित कृतिहरूमाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी र थमन बस्नेतले दुवैले कृतिमाथि  गहन समीक्षा राखेका थिए।

कार्यक्रमा  लेखक डा. टीकाराम उदासीले नियात्रा र कवितासङ्ग्रह नामक दुई पुस्तक लेखनका दौरानका आफ्ना अनुभव, अनुभूति र पृष्ठभूमिबारे विचार व्यक्त गरेका थिए।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा र परिषद्का सल्लाहकार तथा वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल लगायतले शुभकामना मन्तव्य दिँदै लेखकलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको आरम्भमा सर्वोदय पुस्तकालयका उपाध्यक्ष चन्द्रराज  पन्तको स्वागत मन्तव्यबाट आरम्भ भएको  थियो  भने  सञ्चालन   बी.एन. पुस्तक भण्डारका कार्यकारी निर्देशक सूर्य बिसीले गरेका थिए।

प्रकाशित: ४ आश्विन २०८३ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App