३१ भाद्र २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

स्रष्टा सेमन्तले ल्याए ‘अँधेरीमा जून’

साहित्यकार सेमन्त वालाक्पा राईको ‘अँधेरीमा जून’ मुक्तकसंग्रह प्रकाशित भएको छ।

सेमन्तको यो कृतिमा जीवनका विविध अनुभूति, सुखदुःख, प्रेम, पीडा, सामाजिक यथार्थ, देशविदेशका अनुभव तथा मानवीय संवेदनालाई मुक्तकका माध्यमबाट अभिव्यक्त गरिएको छ। रत्न पुस्तक भण्डारले प्रकाशन गरेको संग्रहमा २६४ मुक्तक सङ्गृहीत छन्।

साहित्यकार सेमन्त कविता तथा गीत, गजल जस्ता विविध विधामा कलम चलाउँछन्। उनका विभिन्न गीत रेकर्ड भइसकेका छन् भने नेपाली भाषा, साहित्य, संस्कृति र सिर्जनासँग प्रवासमा रहेर पनि उनको निरन्तर सम्बन्ध रहेको कृतिमा समेटिएका मन्तव्यहरूमा उल्लेख छ।

‘अँधेरीमा जून’ मा समावेश मुक्तकहरूमा गाउँघरको सम्झना, मातृभूमिप्रतिको प्रेम, परदेशको पीडा, सामाजिक विसङ्गति, जीवनका आरोहअवरोह, प्रेम, विरह र मानवीय संवेदनाका विविध पक्ष समेटिएका छन्। संग्रहमा छोटो संरचनाभित्र गहिरो भाव र जीवनका अनुभूतिलाई अभिव्यक्त गर्ने प्रयास गरिएको छ।

संखुवासभाको खाँदबारी नगरपालिका–११, रातमाटेमा जन्मिएका उनी हाल बेलायतको मेडस्टोन, केन्टमा बस्छन्। 

प्रकाशित: ३१ भाद्र २०८३ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App