कमेडियन समय रैनाको नाम पछिल्लो केही दिनयता कमेडियन शेरोन वर्मासँग जोडिन थालेको छ। ‘इन्डियाज गट लेटेन्ट’को पहिलो सिजनमा प्रतियोगीका रूपमा सहभागी भएकी शेरोन हालै लेटेन्टको दोस्रो सिजनको नयाँ एपिसोडमा प्यानलिस्टका रूपमा देखिएकी थिइन्।
त्यसै क्रममा एपिसोडको सुटिङ सकिएपछि पनि समय रैना त्यहीँ बसेर शेरोनसँग घण्टौँ कुराकानी गरेको सामाजिक सञ्जालमा दाबी गरिएको थियो। त्यसपछि दुवैको प्रेमसम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा बढ्न थालेको हो।
अहिले समय रैनाले आफैँ यसबारे प्रतिक्रिया दिएका छन्। समय रैनाले हालै इन्स्टाग्राममा ‘आस्क मी एनीथिङ’ सेसन गरेका थिए। त्यहाँ एक प्रयोगकर्ताले उनलाई, 'के तपाईं शेरोन वर्मालाई डेट गरिरहनुभएको छ?' भनेर सोधे। जवाफमा समयले डेटिङको खबरलाई खण्डन गर्दै भने, 'होइन भाइ, बस इन्टरनेटले आफ्नो काम गरिरहेको छ।'
आगामी एपिसोडहरूमा करण औजला, कीकू शारदा, चन्दन प्रभाकर, राघव जुयाल, बादशाह, अर्चना पूरन सिंह, ओरी, राखी सावन्त र अश्नीर ग्रोभरलगायतका सेलिब्रिटीहरू सहभागी हुने बताइएको छ। शो निरन्तर चर्चामा रहँदै आएको छ।
प्रकाशित: २६ भाद्र २०८३ १२:२३ शुक्रबार


-600x400.jpg)


