प्रताप साहित्यका कुशल साधक हुन्। जसका हरेक सिर्जनाहरू उत्कृष्ट हुन्छन्। उनले लेखेका गीत,गजल, उपन्यास, कथाहरू जो हरेक जनजनको मन र मस्तिष्क छुने हुन्छन्।
हरेक रेडियो एफएम, युटुब, टेलिभिजन कार्यक्रममा उनको सिर्जनाहरू चर्चासहित बजाइने गरेको पाइन्छ। उनले लेखेको पुस्तक र पत्रपत्रिकाको बजारमा माग चर्को छ। यसैले पनि प्रताप साहित्यको एक कुशल साधक हुन भन्नेमा कुनै शंका छैन।
प्रतापले लेखेका गीत गाउने गायक साथै संगीतकारहरूले प्राय: उत्कृष्टताको नाममा छ्यापछ्याप्ती पुरस्कारहरू थापेको भेट्न् र देख्न सकिन्छ। प्रताप को हुन् र कस्ता छ्न भन्ने कुराचै धेरैजसोलाई थाहपत्तो नै छैन। किनकि आजसम्म नै त्यस्तो कुनै औपचारिक कार्यक्रमहरूमा कहीँ कतै उनको उपस्थित भएको देख्न र भेट्न् सकिँदैन। अचम्म भन्ने सबैलाई हो यहीँ कुरा नै लाग्ने गर्दछ।
प्रज्ञाप्रतिष्ठानको हलमा भव्य रूपमा नै स्रष्टा सम्मान कार्यक्रमको विशेष आयोजना गरेको हुनाले साहित्य तथा सिर्जनालाई माया गर्ने अनुरागीहरूको निकै ठुलो उपस्थित देख्न सकिन्थ्यो।
यस्तै उपस्थिति दर्शकमध्ये राकेश र रोहित पनि उक्त कार्यक्रममा उपस्थित हुन हलभित्र नै प्रवेश गर्नु पुगे।
कार्यक्रम चलिरहेको बेला मञ्चतर्फ नै हेरेर राकेशले सोध्यो: प्रताप देखिदैन त! खास कारण के हो?
रोहितले जवाफमा भन्यो: उनको रङ नै नमिलेकाले होलान्।
राकेशले छक्क पर्दै फेरि सोध्यो: हैन के रङ कस्तो रङ भनेको?
रोहितले जवाफमा भन्यो: राजनैतिक, गुटगत जे नि हुन सक्छ।
रोहितको जवाफले राकेशको गला अवरुद्ध भई अचानक यसैयसै आँखा रसिलो हुन थाल्यो।
प्रकाशित: १६ जेष्ठ २०८३ १३:०० शनिबार





-600x400.jpg)