७ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सामाजिक सञ्जालमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को क्लिप सामाजिक

चलचित्र “कबड्डी ५ः आफ्टर द फाइनल म्याच का दृश्य तथा क्लिपहरू अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षले आग्रह गरेका छन्।

कार्तिक ६ देखि प्रदर्शनमा आएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ का क्लिप सामाजिक सञ्जाल भेटिन थालिएपछि निर्माण टिमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै लेखे–‘उक्त चलचित्रका कुनै पनि दृश्य, भिडियो क्लिप, संवाद, महत्त्वपूर्ण अंश वा अन्य सामग्री अनुमति बिना सामाजिक सञ्जाल, युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्महरूमा अपलोड़, पुनः प्रकाशन वा अनधिकृत रूपमा प्रसारण नगरिदिनुहुन सम्पूर्ण दर्शक तथा प्रयोगकर्ताहरूमा विनम्र अनुरोध गर्दछौं।’

चलचित्रकर्मीहरूको मेहनत, समय र लगानीमा असर पर्ने उल्लेख गर्दै थपे–‘चलचित्र निर्माण एउटा सिर्जनात्मक यात्रा मात्र नभई धेरै कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको मेहनत, समय र लगानीसँग जोडिएको कार्य हो । चलचित्रलाई यसको वास्तविक स्वरूपमा, उचित समयमा र आधिकारिक माध्यमबाट हेर्ने वातावरण कायम राख्न यहाँहरूको सानो सहयोगले पनि ठूलो अर्थ राख्दछ।’

यो क्रियाकलाप रोकिएन भने कानुनी कदम आफू चाल्नुपन भन्दै थपे–‘ अनुमति बिना चलचित्रका सामग्रीहरू अपलोड वा वितरण गरिएको पाइएमा प्रचलित कानुन तथा प्रतिलिपि अधिकारसम्बन्धी व्यवस्थाअनुसार आवश्यक कदम चाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिइदिनुहुन अनुरोध छ।’

प्रकाशित: ७ कार्तिक २०८३ १७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App