१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

अरु धेरै खोजेरमात्र साम्राज्ञीलाई चलचित्रमा अनुबन्ध गर्‍यौँ

 बेलायतबाट नेपाल फर्किएका सञ्जय राई नेपाली चलचित्र उद्योगमा आफ्नो भविष्य खोजी रहेका छन्। 

हाल तीन चलचित्र लिएर दर्शकमाझ आउने तयारीका साथ काममा खटिएका छन्। उनको पहिलो चलचित्र ‘एक्का मेसी बादशाह’ हुनेछ । निर्देशन तथा लगानी राई आफैँले गर्नेछन् । नेपालमा नै अवसरको सिर्जना गर्नु पर्छ भन्ने सोचका साथ काम थालेका उनले फिल्ममा दुई नयाँ अनुहारलाई अवसर पनि दिँदैछन् । 

यसअघि सञ्जय पर्दा पछाडि कला निर्देशन तथा डिजाइनका रूपमा काम गर्ने गर्थे। बेलायतको काम, नेपाल फर्कनुका योजना तथा आगामी चलचित्र लगायतका विषयमा राईसँग गरिएको कुराकानीको सम्पादित अंशः

बेलायत छोडेर नेपाल फर्किनुको कारण के हो?

मलाई नेपाली हुनुमा एकदमै गर्भ लाग्छ। नेपालमा नै केही गरम अवसर नभएको मात्र हो। अवसर आफै सिर्जना गर्नु पर्छ। भनेर म मेरो साना भाइ बहिनीहरूलाई पनि यही सुझाव दिने गर्छु। नेपाल नै बसम यही केही गरम। हाम्रो देशको धेरै प्रभावशाली युवाहरू विदेश गइरहेका छन्। उहाँहरूलाई देखेर मलाई दुःख लाग्छ। उहाँहरूलाई मेरो एउटा मात्र आग्रह छ, यही केही गरम। विभिन्न उद्योग संस्थाहरूले हाम्रो युवाहरूलाई हाम्रै देशमा राख्न पाए नेपाल कति प्रगतिशील हुन्थ्यो जस्तो लाग्छ।

तपाईँको पारिवारिक पृष्ठभूमि ?

मेरो बुवा लाहुरे हुन्। मेरो पारिवरमा चाही कोही हुनहुन, चलचित्र उद्योगबाट। 

किन चलचित्र क्षेत्र रोज्नुभयो ?

मैले फिल्म निर्माण पढेको छु। मलाई पहिलैदेखि चलचित्र उद्योग, कला एकदमै मन पर्ने पेसा लाग्छ। कलालाई पछ्याउँदै म यहाँसम्म आई पुगे।

‘एक्का मेसी बादशाह’ कस्तो चलचित्र हो?

यो दुई केटा साथीहरूको बिचमा आउने उतार चढावको कथा हो। दुई जनाको बिचमा तेस्रो व्यक्तिको प्रवेशले जीवनमा आई पर्ने कथाको वरपर हाम्रो विषयवस्तु रहेको छ। नेपाली सिनेमामा अहिले सम्म दुई केटा साथीहरूको भावनालाई देखाएको जस्तो मैले देखेको छैन। यसमा त्यो भावनालाई महसुस गर्न सक्नुहुन्छ। 

‘एक्का मेसी बादशाह’ मा साम्राज्ञीलाई  चयन गर्नुको कारण के हो?

यो चलचित्रको लागि साम्राज्ञी कै भनाइमा हामीले अन्य कलाकारलाई पनि परीक्षण गर्‍यौ। तर चलचित्रमा जुन बोल्ड तथा साहसीको अवतारमा पात्र छ, त्यो पात्रमा साम्राज्ञी उपयुक्त छिन्।

तपाईँले पहिलो पटक साम्राज्ञीलाई कहाँ भेट्नु भयो?

हामी पहिलो पटक लण्डनको एक कार्यक्रममा भेटिएका थियौँ। त्यहाँ हाम्रो राम्रो सम्बन्ध भयो। 

अभिनेत्री केकी अधिकारी मिल्ने साथी हो भनेर भन्ने गर्नुहुन्छ, उहाँलाई यो चलचित्रमा किन लिनु भएन?

यो जुन हाम्रो कथा हो, यसमा महिला पात्रको उमेर २४ तर बोल्ड रहेको छ, त्यही अनुसारले हामीले पात्र चयन गर्‍यौ।

अब को दोस्रो चलचित्रमा कुन अभिनेत्रीलाई चयन गर्ने विचार छ?

मैले दोस्रो कथा पनि लेख्दै छु। जसमा सकेसम्म केकी अधिकारीलाई लिने तयारीमा छौँ। केकीलाई म यो उद्योगमा मेरो ‘लकीचाम’ को रूपमा लिन्छु।                                        

प्रकाशित: १६ श्रावण २०८३ १६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App