४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

बाबा सिद्दिकी ह'त्या प्रकरण : सैफ अली खानलाई ज्यान मा'र्ने धम्की

बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार बाबा सिद्दिकी हत्या प्रकरणका फरार अभियुक्त जीशान अख्तरको नामबाट उनलाई धम्की दिइएको हो।

पछिल्ला केही सातायता बलिउड कलाकारहरूलाई धम्की आउने क्रम जारी छ। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई पनि धम्की आइसकेको छ।

मुम्बई प्रहरीले यस घटनाबारे अनुसन्धान सुरु गरेको छ। एक प्रहरी अधिकारीले बिहीबार धम्कीको सत्यताबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रहरी अधिकारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘अभिनेता सैफ अली खानको फोनमा जीशान अख्तरको नामबाट भ्वाइस म्यासेज आएको थियो। उक्त सन्देशमा बाबा सिद्दिकीको जस्तै हालत उनको पनि हुने चेतावनी दिइएको थियो।’

प्रहरी अधिकारीका अनुसार धम्की वास्तवमै जीशान अख्तरले दिएको हो वा अरू कसैले उनको पहिचान प्रयोग गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रहरीले एआई प्रविधिको प्रयोग गरी जीशानको आवाज नक्कल गरेर बलिउड कलाकारहरूलाई दुःख दिने काम भइरहेको त छैन भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ४ मंसिर २०८३ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App