२० आश्विन २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

अर्चना पूरन सिंहको ३५ वर्षको वैवाहिक जीवन टुट्न लागेको हो ?

एउटा भिडियो क्लिपको कारण अहिले बलिउड अभिनेत्री अर्चना पूरन सिंह र उनका पति परमीत सेठीको ३५ वर्ष लामो वैवाहिक जीवन टुट्न लागेको चर्चा चुलिएको छ।

कलर्सको लोकप्रिय कार्यक्रम ‘पति पत्नी और पंगा’ को दोस्रो सिजन सुरु हुँदैछ। यस कार्यक्रममा वास्तविक जीवनका जोडीहरू विभिन्न रमाइला कार्य र विवादमा सहभागी भएको देख्न पाइनेछ।

यो कार्यक्रम अक्टोबर १० देखि प्रसारण हुनेछ। यसपटक अर्चना पूरन सिंह र परमीत सेठी पनि प्रतियोगीका रूपमा सहभागी हुँदैछन्। कार्यक्रमको नयाँ प्रोमो सार्वजनिक भएको छ, जसमा मुनव्वरले अर्चना र परमीतबीच विवाद सिर्जना गरेको देखिन्छ।

अर्चनाले प्रोमोमा भनेकी छन्, 'हाम्रो विवाह भएको ३५ वर्ष भयो, अब यही मुनव्वरले हाम्रो विवाह टुटाइदिन्छ।'

त्यसपछि परमीतले ठढा गर्दै “धन्यवाद, मुनव्वर” भन्दै प्रतिक्रिया दिन्छन्। परमीतको यस्तो मजाक सुनेपछि अर्चनाले उनलाई पिटेको देखिन्छ।

अर्चना लामो समयदेखि कपिल शर्माको कार्यक्रममा निर्णायकका रूपमा देखिँदै आएकी छन्। अब पति पत्नी और पंगा सिजन २’ मा उनलाई हेर्न दर्शकहरू उत्साहित छन्।  

पति पत्नी और पंगा सिजन २’ मा टेलिभिजन उद्योगका थुप्रै चर्चित जोडीहरू सहभागी हुँदैछन्। दिव्यांका त्रिपाठी–विवेक दहिया, राहुल वैद्य–दिशा परमार, शब्बीर अहलुवालिया–कांची कौल, अर्जुन बिजलानी–नेहा स्वामी, दीपिका सिंह–रोहित राज गोयल तथा मनोज तिवारी–सुरभी तिवारीलगायतका जोडीहरू कार्यक्रममा देखिनेछन्।

कार्यक्रममा सबै जोडीहरूले विभिन्न रमाइला तथा चुनौतीपूर्ण कार्यहरू सामना गर्नेछन्। अघिल्लो सिजनझैँ यसपटक पनि कार्यक्रमको सञ्चालन मुनव्वर र सोनाली बेन्द्रेले गर्नेछन्।

प्रकाशित: २० आश्विन २०८३ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App