अभिनेता अनमोल केसी हाल आफ्नो आगामी चलचित्र ‘बाटुलो जुन’ को छायांकन सकेर अमेरिका विश्वकप फुटबल हेर्न पुगेका छन्।
जुन २८ मा अमेरिका पुगेका अनमोलले आइतबार सामाजिक सञ्जालमा भिडियो स्टोरी सेयर गर्दै आफू विश्वकप फुटबल हेर्न पुगेको जानकारी दिएका हुन्। उक्त भिडियोमा उनी अर्जेनटिनाको जर्सी लगाएर रंगशाला प्रवेश गरेको देख्न सकिन्छ।
दर्शकहरूको ठुलो भिडका बिच उनी अर्जेन्टिनाको सपोर्टमा मेसीलाई सपोर्ट गर्दै उनी रंगशालामा खेल सुरु हुनुको पर्खाइमा छन्।
अनमोलले लामो समयदेखि मेसी र अर्जेन्टिनाका समर्थकका रूपमा आफूलाई चिनाउँदै आएका छन्।
उनको आगामी चलचित्र ‘बाटुलो जुन’ असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: १४ असार २०८३ १३:०९ आइतबार





