काठमाडौं। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अक्षरा’ को प्रदर्शन मिति स्थगित भएको छ। पर्सि शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘अक्षरा’ को मिति परिवर्तन भएको हो।
बुधबारदेखि चलचित्रको अग्रिम टिकेट बिक्री खुली सकेको अवस्थामा निर्माण टिमले यो निर्णय गरेका हुन। निर्माण टिमले बुधबार सूचना जारी गर्दै हालको परिस्थितिलाई ध्यानमा राखेर चलचित्रको प्रदर्शन मिति परिवर्तन गरिएको बताएका छन्। परिवर्तित मिति अनुसार ‘अक्षरा’ अब मंसिर २४ गतेदेखि प्रदर्शनमा आउनेछ।
विनयराज पौडेलको निर्देशनमा बनेको 'अक्षरा' मा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको अक्षरा’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट दिएको थियो।
प्रकाशित: २४ भाद्र २०८३ १५:३६ बुधबार





-600x400.jpg)