शनिबार हास्य ड्रामा चलचित्र ‘क का कि की’ को कार्यक्रम राजथानीस्थित रञ्जना सिनेमाहलमा आयोजना गरियो। तर यो कार्यक्रममा अचानक एक घटना घटित भएको छ।
कार्यक्रमको क्रममै कलाकारलाई प्रहरीले समातेर लगेर बाहिर लगेका छन्।हो यही नै भएको हो आज बिहान जहाँ ‘क का कि की’ को कलाकार गौरी मल्ललगायत निर्माण टिमको उपस्थिति ‘क का कि की’ को प्रचार–प्रसारका लागि जब सिनेमाहल पुगे।
उक्त कार्यक्रममा मंसिर ११ देखि प्रदर्शनको तयारी रहेको चलचित्र ‘क का कि की’ को ट्रेलर सार्वजनिक गरियो। निर्माण टिम तथा कलाकारले आ–आफ्नो कुरा राखे कुरा नसकिदै प्रहरीका केही जवान आएर सबैलाई जबर्जस्ति समातेर सिनेमाघर बाहिर लगे।
तर पर्खिनुस यसमा केही ‘टुविस्ट’ छ, अचानक प्रहरी आउनु तथा यो घटना घट्नु पूर्वनिर्धारित योजना हो। जसरी यसअघिको एक कार्यक्रममा कलाकारहरु बन्दुक बोकेर आफ्नो चलचित्रकै पहिरणमा आएका थिए। हो त्यही भएको हो यो कार्यक्रममा पनि। यसलाई एउटा प्रचारको नयाँ शैली मानिएको छ।
अब कुरा गरौँ चलचित्रको ट्रेलरको कमेडि ड्रामा जनरामा बनेको यो चलचित्र एउटा बिकट गाँउको कथालाई देखाएको छ। जहाँ स्वास्थ्य सेवाको अभाव छ। अस्पताल बनाउन त्यहीका बासिन्दा एउटा योजना बनाउछन्–बैंक लुट्ने गाँउमा अस्पताल बनाउने। यही नै विषयवस्तुलाई समेटेर चलचित्र निर्माण भएको ट्रेलरले सन्केत दिएको छ।
चर्चाीत टेलीभिजन हास्य शो ‘कमेडि दरबार’ टिमको निर्माण रहेको यो चलचित्रलाई विक्की अग्रवाल र श्रद्धा प्रसाईको संयुक्त निर्देशन रहेको छ। माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस चलचित्रको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको रहेको छ।
गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ।
प्रकाशित: २८ कार्तिक २०८३ १४:२६ शनिबार





