२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘जलाकी’ को पोस्टरमा अभिनेत्री साहारा हाङ

अशोक थापा मगरको निर्देशनमा रहेको चलचित्र ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ।

शुक्रबार कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको एकल पोस्टर सार्वजनिक गरिएको हो। सिनेमाकी उनी मुख्य अभिनेत्री मध्येकी एक हुन्। पोस्टरमा उनी मगरहरुको संस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोच मग्न देखिएकी छन्।

‘जलाकी’ मा उनी आधुनिक सोच भएकी, राम्रो पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिकामा छिन्। निर्माण टिमका अनुसार सिनेमामा उनी पोखराकी सफल, स्वतन्त्र व्यवसायी एक महिलाको छोरीको पात्रमा देखिनेछिन्।

सिक्किमकी साहारा मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२की विजेता हुन्। उनले मिस टिन यूनिभर्स २०२२ प्रतिस्पर्धा गरेकी थिइन्। साथै मिस बेस्ट र्‍याम्पवाक सिक्किम, मिस कन्जेनियालिटी इन्डिया, अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरी र मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन्।

मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी उनी ‘जलाकी’मा अडिसनमार्फत् छनोट भएकी हुन्।

केही समय अगाडी मात्र बुबाको कार दुर्घटनामका निधन भएको उनी बुबालाई सम्झिँदै उनले भनिन्, ‘मैले जलाकीमा काम गर्ने फाइनल भएपछि सुरुमा बाबालाई भनेकी थिए। उहाँ एकदमै खुसी हुनुभएको थियो। बाबाले अर्को पटक तिमी अभिनेत्री भएर फर्किन्छौ, म तिमीलाई यही बाटोमा खादा लिएर स्वागत गर्न आउने छु भन्नुभएको थियो तर त्यो सपना अधुरै रह्यो।’

साहाराका अनुसार उनलाई सिनेमा क्षेत्रमा आउन परिवार र समाजसँग लडेर सबैभन्दा बढी साथ दिने व्यक्ति उनका बुबा नै थिए। उनले बुबाको सपना पूरा गर्न नै आफ्नो कामलाई निरन्तरता दिएकी हुन्। उनले ‘जलाकी’ लाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा उल्लेख गरेकी छन्।

‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ। चलचित्रमा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन ९खबपु०, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरको अभिनय रहेको छ।

प्रकाशित: २६ भाद्र २०८३ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App