८ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

मानवताको नाममा बनेका कानुनले आखिर कसको रक्षा गरिरहेका छन् ?

अभिनेत्री करिश्मा मनान्धरले राष्ट्रको कानुन व्यवस्थालाई लिएर असन्तुष्टि जनाएकी छन्।

उनले संविधानको कुरा उठाउँदै भनिन्, ‘तपाईंहरूको संविधानमा मानसिक सन्तुलन गुमाएको यस्तो क्रूर अपराधीलाई मृत्युदण्ड दिने व्यवस्था छैन होला। तर मानव शरीर बोकेको यस्तो दानवको विकृत उत्तेजना शान्त पार्न अरूको शरीर र आत्मा चिथोर्ने अधिकार पनि त तपाईंहरूको कानुनले दिएको छैन होला नि?’

बाराकी तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि निर्मम हत्या प्रकरणलाई लिएर उनले उक्त प्रतिक्रिया दिएकी हुन्। सार्वजनिक भिडियोमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय नाबालकसँग चिकित्सकले सोधपुछ गरिरहेको छ।

उक्त भिडियोलाई उल्लेख गर्दै उनले थपिन्, ‘मानव सभ्यता, हाम्रो कानुन र हाम्रो समाजको चेतनामाथि नै गम्भीर प्रश्न उठाएको छ। यस्तो अमानवीय क्रूरताको अगाडि शब्दहरू पनि निरीह लाग्छन्।’

न्यायका लागि अब मान्छे कहाँ जाने भन्दै उनी भन्छिन्, ‘यदि यस्ता अपराधीलाई कानुनले कठोरतम सजाय दिन सक्दैन भने, पीडितले न्याय कहाँ खोज्ने? मानवताको नाममा बनेका कानुनले आखिर कसको रक्षा गरिरहेका छन्?’

प्रकाशित: ८ भाद्र २०८३ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App