सामाजिक सञ्जालमा एक भिडियो निकै चर्चाको विषय छ। ‘कोही कसरी यस्तो गर्न सक्छन्’ भन्ने सबले धिक्कारिरहेको बेला अभिनेत्री अनु शाहले ती महिलालाई लिएर कारवाहीको माग राखेकी छन्।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा एक महिलाले सेती खोलामा हेर्दा (घर पालुवा) कुकुरलाई जबरजस्ती खोलामा फालेकी छिन्। उक्त घटना भइरहदा त्यहाँ अन्य व्यक्तिको उपस्थिति पनि थियो। तर कोहीले रोकेनन। उक्त विषयलाई लिएर शाहले आक्रोश व्यक्त गरेकी छन्।
उनले सामाजिक सञ्जालमा लेखिन–‘संसारमा कस्तो कस्तो पापी मान्छे हुन्छ‘मन नै दुख्यो तेसरी कुकुरलाई पुलबाट ठेलेर फालेको ,के गल्ती थियो होला त्यो बोल्न नसक्ने जनावरको त्यो भिडियो खिच्ने अर्को पापी‘ त्यो पापीहरुलाई खोजेर कारबाही होस्।’
कुकुरलाई दुःख दिने सबैलाई कारवाहीको माग गर्दै उनले लेखिन–‘तिमीहरुको भाग खोस्न त आऊदैन नि तिनिहरु ,कुटेर मार्ने ,तातो पानी खन्याउने ,बिरामी बुढो भएपछि बाटोमा छोडिदिने। मानिस कस्तो दानव हुँदै गएको । तिमीहरु त मान्छे होईन। ५ करोडको घरमा एऊटा कुकुरलाई बस्ने ठाउँ हुदैन के खान पाल्छौ हो मान्छेको नामका दानव । कुकुरलाई दु:ख दिने सबैलाई कारवाही हुनुपर्छ ‘त्यो महिलालाई कारवाही होस्।’
प्रकाशित: ३१ भाद्र २०८३ १७:०५ बुधबार





