चलचित्र ‘भागदौड’ को प्रदर्शन मिति घोषणा भएको छ।
मंगलबार निर्माण पक्षले दुई फरक पोस्टर सार्वजनिक गरेर प्रदर्शन मिति घोषणा गरेको हो।
उक्त पोस्टरमा चलचित्रका कलाकारहरुलाई आ–आफ्नौ भूमिकामा देख्न सकिन्छ। जहाँ उनीहरुको अनुहारको भाव मिश्रित छ। पेस्टरको एक तिर कलाकारहरुलाई मिश्रित भावका साथ प्रस्तुत गरिएको छ भने पोस्टरको अर्को तर्फ सडकमा तीन जना दौडी रहेका दृश्य देख्निछन्।
‘भागदौड’ लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा हो। यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासमा केन्द्रित रहेको चलचिको पोस्टरले संकेत दिएको छ।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा घनश्याम जोशी,अनिशा श्रेष्ठ, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ।
चलचित्र भने असार २६ देखी प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १८:२० मंगलबार





