२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

वियोगमा तडपिएको बस्ती

कविता

बाढीले घरआँगन बगाउँदा

आँखाभरि आँसु बोकेर

आफ्ना मान्छे खोजिरहेछन्

ती पीडित मनहरू...!

हिजोसम्म जहाँ

हाँसो गुञ्जिन्थ्यो

आज त्यहीँ

माटो र पानीको मौनता छ।

कसैको काख रित्तिएको छ

कसैको सपना बगेको छ

कसैले घर गुमाएको छ

कसैले आफ्नै संसार...!

तर पनि ती आँखामा

एउटा सानो आशा बाँकी छ-

भोलि घाम लाग्नेछ

घाउहरू बिस्तारै निको हुनेछन्

र फेरि कुनै दिन

उजाड बस्तीमा

मान्छेको माया उम्रिनेछ।

तर

वियोगमा तड्पिएको बस्ती

सन्नाटाभित्र न आफूलाई चिन्छ

न अरूले उसलाई बुझ्छ

उजाडउजाड भएर

भौतारिंदै चिच्याउँदै कराउँदै

आफ्नै पीडा र दुखमा पिल्सिनु पिल्सिएको छ

असह्य क्रन्दनको गहिराइमा

उही बौलाएको धमिलो बाढीको

सुनामीमा रन्थनिएर

बगिरहेछ कसैलाई नचिन्ने भएर।

प्रकाशित: २८ भाद्र २०८३ ०८:४६ आइतबार