३१ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘ऊनको स्वीटर’ को दोस्रो श्रृंखला बन्ने

अभिनेत्री मिरुना मगर र विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘ऊनको स्वीटर’ को दोस्रो श्रृंखला बन्ने घोषणा भएको छ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबिच यसको घोषणा भएको हो। गत वर्ष २०८२ मा प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ व्यापारिक तथा समिक्षात्मक हिसाबले सफल रह्यो। यसको दोस्रो श्रृंखला बन्ने भएको छ। ‘ऊनको स्वीटर’ २०८२ को उत्कृष्ट चलचित्र समेतको उपाधि जितेको थियो। त्यही विषयवस्तुलाई लिएर निर्देशक नवीन चौहानले यसको कथालाई अगाडि बढाउने घोषणा गरेका छन्। जसको नाम ‘कलेजी ऊनको स्वीटर’ राखेका हुन्।

यसै चलचित्र मार्फत भारतीय अभिनेता, संगीतकार तथा गायक पीयूष मिश्रा जोडिने जानकारी निर्देशक चौहानले दिए।

‘कलेजी ऊनको स्वीटर’ मा नयाँ पात्र, नयाँ अध्याय तथा नयाँ सम्बन्धलाई समेटिने निर्देशकको भनाइ छ। निर्देशक चौहानले भने, ‘यस पटक कथा हामीले फराकिले ढंगले प्रस्तुत गर्ने छौँ।’

सिक्किम घुम्न जाने क्रममा भारतमा पनि आफ्नो चलचित्रको यतिको रुची (क्रेज) देखेर आफूलाई यसको दोस्रो श्रृंखला बनाउने आट आएको उल्लेख गरेका छन्।

चलचित्रको अन्य कलाकारको नाम भने अहिले घोषणा हुन बाँकी छ।

प्रकाशित: ३१ श्रावण २०८३ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App