२० भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

कसैकसैका लागि एउटा ताल फुटेको छ हजुर

मुक्तक

१) मुक्तक

के मीठो के नमीठो भोकको बेलामा

जे पनि त हुन सक्छ झोकको बेलामा

खायौ गायौ नाच्यौ रमायौ तर के गर्नु,

पटक्कै सुहाएन यो शोकको बेलामा।

२) मुक्तक

झलझली आउँछ त्यो छाल अगाडि

देख्नुपर्दो रहेछ आफ्नै काल अगाडि

निर्धोको आवाज कहाँ सुनिन्छ सजिलै,

चीत्कार, पुकार, कोलाहल अगाडि।

३) मुक्तक

फेसबुक मनिटाइज गरी कमाउन सकिएन

चालिस कटेपछि पनि रमाउन सकिएन

केरा किन्न छ पनि सोचविचार गर्नुपर्छ अचेल,

कोसामा लागियो दर्जन समाउन सकिएन।

४) मुक्तक

जब प्रकृति एक्कासि क्रुर भइदियो

परिवार सम्पत्ति सारा दूर भइदियो

संघर्ष त बाँच्नेहरूले गर्नुपर्छ हजुर,

सपना क्षणमै चकनाचुर भइदियो।

५) मुक्तक

कसैकसैका लागि एउटा ताल फुटेको छ हजुर

वास्तविक जीवनमा सर्वस्व टुटेको छ हजुर

अक्षरअक्षरमा आँसु शब्दशब्दमा चोट छ,

नेपाल र नेपालीको खुशी लुटेको छ हजुर।

प्रकाशित: २० भाद्र २०८३ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App