चलचित्र ‘अक्षरा’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ तीन मिनेटको ट्रेलरमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा प्रस्तुत भएका छन्।
सार्वजनिक ट्रेलरमा पितृसत्तामत्क सोचले वैवाहिक जीवनमा आएको उतार–चडाव र पारिवारिक समस्यालाई यसमा केन्द्रमा राखिएको छ।ट्रेलरले निकै अर्थपूर्ण सन्देश दिएको छ। जहाँ समाजका यथार्थलाई झल्काएको छ। अभिभावकले छोरीको चाहना र इच्छा विपरीत खान्दानी व्यक्ति खोजेर विवाह गरेपछि उत्पन्न समस्या देखाएको छ। ‘अक्षरा’ को हलबाट आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने शुक्रबार निर्माण पक्षले जनाएको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का सँगै उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने ९ल्याग्री दादा० र सृष्टि खड्कालगायतको अभिनय रहेको छ। चलचित्र भने २६ देखि प्रदर्शनको तयारीमा छ।
प्रकाशित: २० भाद्र २०८३ १२:१६ शनिबार


-600x400.jpg)


