२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

निरज कोइरालाको बाको फोटो लोकार्पण

विश्व आदर्श कलेज इटहरीमा अच्छा राई रसिक प्रतिष्ठानको आयोजनामा कथाकार निरज कोइरालाको लघुकथासंग्रह ‘बाको फोटो’ लोकार्पण भएको छ।

प्रतिष्ठानका अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरे, प्रमुख अतिथि डा. टंक न्यौपाने, प्रतिष्ठानका उपाध्यक्ष केशव सुनाम, झोराहाट नाट्यसमूहका अध्यक्ष भरत गुरागाई बर्बरिक,अतिथिहरू डा. रमेश घिमिरे तथा इटहरी कला साहित्य उत्थान समूहका अध्यक्ष कृष्णविनोद लम्साल लगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए।

विश्लेषक डा. खेमराज खनालले ‘बाको फोटा’मा समाज विविध क्षेत्र समेटिएको बताए। उनले भाषा, संस्कृति, प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाज लगायतको यथार्थता केलाउँदै लघुकथाले आदर्श समाजको परिकल्पना गरेको बताए।

लघुकथाकार सरन राईले लघुकथासंग्रह उम्दा रहेको बताए।

कार्यक्रममा झोराहाट नाट्य समूह अध्यक्ष भरत गुरागाई बर्बरिक, डा. रमेश घिमिरे र इटहरी कला साहित्य उत्थान समूह अध्यक्ष कृष्णविनोद लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कथाकार रमेन्द्र कोइरालाले कविता गोष्ठी, मुक्तक विमोचन तथा गजल महफिल प्रशस्त हुने इटहरीमा लघुकथाको मियो गाडिएको र अब लगातार रूपमा लघुकथाकृतिको विमोचन तथा गतिविधि भइरहने कुरामा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा लघुकथाकारहरू रमेन्द्रमुनि कोइराला, विष्णु भण्डारी आचार्य, अनु विज्ञाति, सीता रेग्मी, रोशन पराजुली, शारदा दाहाल भण्डारी, सुशिला सुवेदी, श्रीप्रसाद पोख्रल, कृष्ण गौतम कथाकारको उपस्थिति रहेको थियो। कार्यक्रममा लघुकथा वाचन तथा विश्लेषण गरिएको थियो।

कार्यक्रममा साहित्यकार टीका आत्रेय, इटहरी बौद्धिक समाजका सदस्य डा. तारा निरौला, डियर कल्याण साहित्य प्रतिष्ठान अध्यक्ष विनोद विवश, सिर्जनामा इनरुवा अध्यक्ष लीलानाथ सिलवाल, मुक्ति पोख्रेल, रोहिणी रसिक, सिर्जना नेपाल, वीरेन्द्र विवशी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिष्ठान अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष केशव सुनामले स्वागत मन्तव्य राखेका थिए।  

प्रकाशित: २ मंसिर २०७९ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App