२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कहरविरुद्ध

कविता

राधा कार्की

पटकपटक तिमीले

विभिन्न रङ्ग रूपमा

ताण्डवनृत्य देखाएपछि

म तिम्रो विरुद्धमा उभिएकी हुँ।

झुण्डहरू

जुनसुकै बाटो हिंड्न सक्छन्

मानव हृदय छिद्रछिद्र पारेर

पृथ्वीमा वर्चस्व जमाउन।

शाश्वत सत्यलाई

अंगीकार गर्ने

समय चक्रलाई फनफनी घुमाउने

कसले दियो अधिकार?

ए विषाणु,

ए विध्वंसकारी!

कहिलेसम्म ठोकिरहन्छौ अकाल मृत्युको ढोल?

जीवनको अन्त्य अवश्यंभावी छ

तर मलाई तिम्रो वर्चस्व

स्वीकार्य छैन

म मेरो मष्तिष्क निचोरेर

बनाउने छु

तिमी विरुद्धको हतियार

र बचाउने छु

यो धर्तीका सारा हरियाली खुसीहरू!

प्रकाशित: ३० कार्तिक २०७९ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App