१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

'हट र सेक्सी देखिन्छु भने किन फाइदा नलिने?'

मुम्बई—यसराज ब्यानरमा निर्माण भएको 'डिटेक्टिभ ब्योमकेस बक्सी'मा सुसान्त सिंहसँग रोमान्स गर्ने हिरोइन स्वस्तिका मुखर्जी हुन्। फिल्ममा उनी अंगूरीदेवीको भूमिकामा छिन्। १४ वर्षे किशोरीकी आमा स्वस्तिकाले 'बाथटब'को एक दृश्यका लागि नाङ्गिनु पर्‍यो। उनले त्यसलाई सहजै स्वीकारिन्।

बंगाली फिल्ममा चर्चित रहेकी स्वस्तिकाको बलिउडमा यो पहिलो फिल्म हो। बंगाली टेलिभिजन र सिनेमामा उनले १२ वर्ष बिताइसकेकी छिन्। 'बंगाली फिल्ममा पनि नाङ्गिनु सामान्य कुरा हो। बलिउडमा काम गर्दा यस्ता दृश्यसँग हैरान हुनुको तुक छैन।'
movie

बलिउडमा सामान्यतया आमाहरुलाई ठूलो भूमिका दिइँदैन। १४ वर्षकी छोरी हुँदाहुँदै पनि उनले ग्लामरस भूमिका निर्वाह गर्न तयार भइन्। 'आम रुपमा भारतमा हिरोइनहरुको यात्रा जसरी अघि बढ्छ मेरो यात्रा विपरित छ। मैले पहिला विवाह गरेँ, बच्चा जन्माएँ। त्यसपछि करिअरलाई अघि बढाएँ।'

'मेरो प्रोमो देखेर कतिपय साथीहरुले फोनमा भने तिमीलाई निकै हट र सेक्सी देखिएको छ। एउटी आमा भइसकेपछि पनि म हट र सेक्सी देखिन्छु किन फाइदा नलिने ? जरुर म त्यसको फाइदा लिन चाहन्छु।'

उनका धेरै समकक्षीहरु बंगला छोडेर मुम्बइमा स्थापित हुन संघर्ष गरे। तर उनी संघर्षका लागि कहिलै तयार भइनन्। 'डिटेक्टिभ ब्योमकेस बक्सी'मा निर्देशक दिवाकर मुखर्जीका साथ काम गरेपछि अब स्वस्तिका अनुराग कस्यप, तिग्मांसु धुलिया जस्ता निर्देशकसँग काम गर्न चाहन्छिन्।

भिडियो

प्रकाशित: ११ चैत्र २०७१ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App