१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

‘व्यथित काव्य सम्मान’घोषणा

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसर पारेर राधेश्याम लेकालीको अध्यक्षतामा संघको हालै बसेको कार्यसमितिले कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९)  लाई ‘व्यथित काव्य पुरस्कार’ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ।

कवि उदय निरौलाका ‘कोलाहल पिएर’, ‘जराहरू किमार्थ मर्दैनन्’, ‘शीतको लहर’, ‘उदय निरौलाका प्रतिनिधि कविताहरू’, ‘अस्ताउँदो घाम टेकेर’, कवि श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ कविताकृतिहरू प्रकाशित छन्।

यस्तै कवि रमेश श्रेष्ठका ‘चराहरूको पहाड’, ‘आमा नदीहरू’, ‘बुद्ध बिम्ब अक्षर बिम्ब’, ‘घाँस उखेलिरहेकी केटी’, ‘रोदी रोएको देशमा’, ‘कविताको उज्यालो’, ‘अग्निनृत्य’, ‘चोक र तमसुक, ‘नपोतिएका रंगहरू’, कवि कृसु क्षेत्रीका ‘बोधिसत्वको मृत्युउत्सव’, ‘चराको गीत’, ‘आगोको मूच्र्छना’, ‘रगतको दरबार’, ‘नीलो आँसु’, ‘अर्दमुदित आँखाहरू’, ‘माफ गर’ जस्ता कविता, गजल र गीतका कृतिहरू प्रकाशित छन्।

यस्तै कवि मोमिला जोशीका ‘पैयु फूल्न थालेपछि’, ‘नीलो-नीलो आकाश र दुई थोपा आँसु’, ‘जूनकीरीहरू ओर्लिरहेछन’, ‘दुर्गम उचाइमा फूलको आँधी’, ‘भीमसेन थापाको सुसाइड नोट’ जस्ता कविताकृतिहरू प्रकाशित छन् भने कवि गीता कार्कीका ‘मलाई अँध्यारो नै चाहिन्छ’, ‘सालका ठुटा र एक टुक्रा घाम’ र ‘आमा किरणहरूको छालमा’ जस्ता कविताकृतिहरू प्रकाशित छन्।

साहित्यिक पत्रकार संघबाट २०३९ सालमा स्थापित व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका सुपरिचित कविलाई प्रदान गरिन्छ। यस पुरस्कारबाट यसअघि कविहरू-दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुवसु क्षेत्री, मोहन दुवाल, कृष्ण जोशी, डा राममान तृषित, विमल निभा आदि सम्मानित भइसकेका छन्।

प्रकाशित: २९ आश्विन २०७९ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App