२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

हरिवंश आचार्य भन्छन् : म बाट चुनाव प्रचार प्रसारको आशा नराख्नु

कलाकार हरिवंश आचार्यले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कुनै दलको पनि प्रचारक नबन्ने बताएका छन्। उनले आफूहरु सबै राजनीतिक दल र उम्मेदवारका साझा मानिस भएकाले कसैको पक्षमा भोट माग्न नसक्ने बताए।  

अभिनेता हरिवंश आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मित्रता ,आत्मियता, नातालाई पवित्र नै राखि चुनाबमा आफूबाट चुनाव प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गरेका हुन्।  

उम्मेदवारहरुलाई लक्षित गर्दै हरिवंश लेख्छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन्। कतिसँग गहिरो मित्रता हुन्छ। कतिसँग नाता गासिएको हुन्छ। देशमा जब निर्वाचन आउँछ, त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बन्दछन्।’

उनी लेख्छन्, ‘त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो। मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागिदेला भन्ने। तर हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौं। ब्यालेट बक्समा खसाल्ने मतपत्र को, कुन, चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो।’

‘यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता, आत्मीयता र नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचारप्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।’

मुलक यतिबेला चुनावी माहोलमा होमिएको छ। उम्मेदवारी दर्ता सकिएको छ भने निर्वाचन आयोगले बुधबार अन्तिम नामावली प्रकाशन गर्दैछ।

प्रकाशित: २५ आश्विन २०७९ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App